इङ्लिस प्रिमियर लिग

डी हियाले सम्मानजक बिदाई पाएनन्ः फर्नान्डेज

लन्डन । म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेजले स्पेनिस गोलकिपर डेविड डी हियाको ओल्ड ट्राफोड छोड्ने निर्णय सही भए पनि उनले सुखद बिदाई भने नपाएको बताएका छन ।

‘डी हियाको क्लब छोड्ने निर्णयको म सम्मान गर्छु,’फर्नान्डेजले भने,'घरेलु मैदान ओल्ड ट्राफोर्डमा घरेलु समर्थकमाझ बिदाई गरिएको भए त्यो विशेष हुने थियो । '

डी हियाले शनिबार सामाजिक संञ्जालमार्फत ओल्ड ट्राफोर्ड छाड्ने घोषणा गरेका थिए ।

युनाइटेड र डी हियाबीचको सम्झौता जुनको अन्त्यसँगै सकिएको थियो । धेरै चरणको वार्ताका बावजुद नयाँ सम्झौताका लागि सहमति हुन सकेन ।  डी हियाले १२ वर्ष ओल्ड ट्राफोर्डमा बिताए ।

युनाइटेड डी हियाको विकल्पका रूपमा इन्टर मिलानका गोलरकिपर आन्द्रे ओनानालाई अनुबन्ध गर्ने प्रयासमा छ ।

डी हिया सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट युनाइटेड भित्रिएका थिए ।