अखिल नेपपाल फुटबल संघ

एन्फालाई महिला संघको ध्यानाकर्षण

काठमाडौं । पछिल्लो समय विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँगको विवादको विषयमा अखिल नेपपाल फुटबल संघ (एन्फा) लाई नेपाल फुटबल महिला संघले ध्यानाकर्षण गराएको छ ।

 केही दिन अगाडी एपिएफले आफ्ना महिला खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा नपठाउने निर्णय गरेको थियो ।

महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सबै खेलाडी बन्द प्रशिक्षणमा आउने बताए पनि एपिएफले भने आधिकारिक रूपमा आफ्नो घारणा सार्वजनिक गरेको छैन ।

नेपालले बंगादेशसँग यसै महिना अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्दैछ । महिला संघले यस विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै चाँडो भन्दा चाँडो विवादको समाधान गर्न एन्फालाई आग्रह गरेको छ ।

‘मैत्रीपूर्ण खेलका लागि एपिएफले आफ्नो खेलाडी पठाउन नसक्ने परिस्थिती आउनु दुर्भाग्यपूर्ण छ । यस विषयमा नेपाली फुटबलको अविभावक संस्था एन्फाले गम्भिर हुनुपर्ने देखिएको छ । खेल्न पाउनु खेलाडीको अघिकार हो र यो अधिकारको संरक्षण गर्नु एन्फाको दयित्व हो । अहिले देखिएको अन्योलको अन्त्य गर्दै एपिएफका खेलाडीलाई यथाशिग्र  राष्ट्रिय टोलीको बन्दा प्रशिक्षणमा फर्किने वतावरण मिलाउन एन्फा नेतृत्वसँग आग्र गदछौं,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘एएिफएका खेलाडी चीनमा हुने एसियाली खेलाकुदको तयारीमा समावेश हुनु तर बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलका लागि भइरहेको बन्द प्रशिक्षणमा नहुनुले केही समस्या रहेको अनुभुती भइरहेको छ । त्यसैले यसको तत्काल निवारण गरी एन्फाले खेलाडीलाई खेलमा फर्कान पहल चाल्नु पर्ने आवश्यक देखिएको छ ।’

जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन पुरुष लिगमा एपिएफ क्लब रेलिगेसनमा परेको थियो । रेलिगेसनबाट बचेको थ्री स्टार क्लबले आफ्नो अन्तिम खेलमा जावलाखेलसँग खेल मिलेमतो गरेको तथा गैरकानुनी रुपमा दुई विदेशी खेलाडीलाई मैदान प्रवेश गराएको भन्दै एपिएफले एन्फामा निवेदन उजुरी हालेको हो ।

विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुनलाई भिषा सकिएपछि थ्री स्टारले मैदान उतारेको एपिएफको दाबी छ । एन्फाले सो निवेदनको कुनै पनि जवाफ नदिएपछि एपिएफले आफ्ना खेलाडीहरुलाई राष्ट्रिय टोलीमा नपठाउने निर्णय गरेको हो । यता, एपिएफको पुरुष खेलाडीलाई ड्युटीमा पठाइएको छ ।

महिला टोलीमा  कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बासँगै सावित्रा भण्डारी, गीता राना, हिराकुमारी भुजेल, सरु लिम्बू, अनिता केसी, निशा थोकर, रेनुका नगरकोटे, अनिता बस्नेत, प्रिति राई र सविता रानामगर छन् । प्रिति र सविता करारमा छन् ।