चैत्र १३, २०८२ शुक्रबार | ०२:४८:५५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

राई र थापाको जोडी च्याम्पियन

काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई र गण्डकी प्रदेश सांसद लिलबहादुर थापाको जोडी मदन स्मृती ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा बुधबार सम्पन्न फाइनलमा राई र थापाको जोडीले दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीलाई २१-१७, २१-१९ ले पराजित गरेको हो ।

प्रतियोगितामा पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा नवराज सिलवाल र पूर्व मन्त्री भानुभक्त ढकालको जोडी संयुक्त रूपमा तेश्रो भए ।

नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासंघको आयोजना तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको ब्यवस्थापनमा भएको प्रतियोगिताको फाइनल प्रवेश गर्ने क्रममा राई थापाको जोडीले कमल थापा दाजुभाईको जोडीलाई २१-१६, २१-१७ ले तथा पाख्रिन र सुनुवारको जोडीले सिलवाल र ढकालको जोडीलाई २१-६, २१-७ ले पराजित गरेका थिए ।

विजयी खेलाडीलाई प्रमुख अतिथी राष्ट्रिय सभाका सम्माननिय अध्यक्ष गणेश कुमार तिमल्सिना, नेकपा एमाले खेलकुद इन्चार्ज कर्ण थापा, खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।

जननेता मदन भण्डारीको ७२ औ जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा संविधान सभा सदस्य, भूपु तथा वर्तमान राष्ट्रिय सभा, प्रतिनिधी सभा र प्रदेश सभा सदस्य एवं मन्त्रीहरु गरी ६४ जोडीको सहभागिता थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो