रोमा

फ्रेड भित्र्याउने रोमाको चाहना

काठमाडौं । इटालियन सिरी ‘ए’ क्लब रोमाले ब्राजिलियन मिडफिल्डर फ्रेच भित्र्याउने इच्छा देखाएको छ ।

द सनका अनुसार रोमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट फ्रेड अनुबन्ध गर्न चाहन्छ ।

अगामी सिजन रोमालाई थप बिलियो बनाउने लक्ष्यमा रहेका प्रशिक्षक जोजे माउरिन्होले फ्रेडलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका छन् ।

सन् २०१८ मा युक्रेनी क्लब शाख्तार डोनेस्कबाट युनाइटेड भित्रिएका फ्रेडले १ सय ३९ प्रिमियर लिग खेलमा ८ गोल गरेका छन् । 

युनाइटेडले यस ट्रान्सफर विन्डोमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीबाट मेसन माउन्ड भित्र्याउने पक्का भएकाले फ्रेडलाई रिलिज गर्ने सम्भावना छ ।