रियाद महारेज

महारेज भित्र्याउने अल-अहलीको चाहना

काठमाडौं । साउदी अरेवियन क्लब अहलीले अल्जेरियन विंगर रियाद महारेज भित्र्याउने इच्छा देखाएको छ ।

द मिररका अनुसार अल-अहली आगामी जुलाई ट्रान्सफर विन्डोमा इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट महारेज भित्र्याउ चाहन्छ ।

अल-अहलीले महारेजका लागि वार्षीक एक सय मिलयन युरोको प्रस्ताव अगाडी बढाउने तयारी गरिरहेको छ ।

महारेज र सिटीबीचको सम्झौता अझै दुई वर्ष बाँकी छ  । महारेजले यो सिजन सिटीका लागि ४७ खेलमा १५ गोल गर्नका साथै १३ गोलका लागि अवसर सिर्जना गरेका छन् ।

राम्रो लयमा रहे पनि महारेजले पहिलो रोजाइनमा पर्न निकै संघर्ष गरिरहनु परेको छ ।

 सन् २०१८ मा अर्को इङ्लिस क्लब लेस्टर सिटीबाट इत्तिआद स्टेडियम भित्रिएका महारेजले एक सय ४५ प्रिमियर लिग खेलमा ४३ गोल गरेका छन् ।