मन्डेकाजी श्रेष्ठ

मन्डेकाजी सम्मानित

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी तथा कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठ सम्मानित भएका छन् ।

शुक्रबार केन्द्रिय शाखा डोजोद्धारा आयोजित नवौं उपत्यकाब्यापी कराते तथा किक बक्सिङ प्रतियोगिता-२०८० का दौरान मन्डेकाजीलाई सम्मानपत्रसहित सम्मान गरिएको हो ।

मन्डेकाजीलाई राष्ट्रिय खेलकुद परिषद्  (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सम्मानपत्र प्रदान गरे । केन्द्रिय डोजोका प्रमुख प्रशिक्षक साइला गमालले खेलाडीहरुको वृत्ति र विकासको लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

 प्रतियोगितामा विभिन्न डोजो तथा विद्यालयबाट करिव पाँच सय ५० जना खेलाडीको सहभागिता छ ।