इङ्लिस प्रिमियर लिग

भाल्होभिच भित्र्याउने चेल्सीको इच्छा

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले सर्बियन फरवार्ड डुसन भाल्होभिच भित्र्याउन इन्छा देखाएको छ ।

इएसपिएनका अनुसार चेल्सी आगामी जुलाई ट्रान्सफर विन्डोमा इटालियन क्लब युभेन्टसबाट भाल्होभिच भित्र्याउने योजनामा छ ।

चेल्सीले भाल्होभिचका लागि ७०मिलियन युरोको प्रस्ताव गरेको बताइएको छ । भाल्होभिच अनुबन्धका लागि प्रिमियर लिगकै म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले पनि चासो देखाइ रहेका छन् ।

सन् २०२२ मा इटालियन सिरी ‘ए’ को क्लब फ्लोरिन्टनाबाट युभेन्टस भित्रिएका भाल्होभिचले ४१ लिग खेलमा १७ गोल गरेका छन् ।

भाल्होभिचको उत्कृष्ट प्रदर्शनप्रेरित युभेन्टस इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा छ ।