नेपालको दोस्रो गोल

काठमाडौं, (खेलाडी)- अञ्जन विष्टको गोलमा नेपालले श्रीलंकाविरुद्ध २–० को अग्रता लिएको छ ।
साफ च्याम्पियन्स लिग अन्तर्गत जारी खेलमा  ५१औं मिनेटमा अञ्जनले आयुष घलानको पासलाई जाली चुमाए ।

यसअघि  ३० औं मिनेटमा सुमन लामाको गोलमा नेपालले १-० को अग्रता लिएको थियो ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो भने श्रीलंका बंगलादेशसँग १-० ले पराजित भएको थियो