नेपालको लगातार दोस्रो जित


काठमाडौं, (खेलाडी)-  नेपालले साफ च्याम्पियनमा लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-२ ले हरायो । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपाल दुुई खेलमा शतप्रतिशत नतिजापछि ६ अंकका साथ शीर्ष स्थानमा छ । बंगलादेश चार अंक जोड्दै  दोस्रो स्थानमा छ भने भारत एक अंकका साथ तेस्रो स्थानमा छ । 

लगातार दुई खेल गुमाएको श्रीलंका र एक खेल गुमाएको माल्दिभ्सले अंक खाता खोल्न सकेका छैनन् । पाँच टोली सहभागी रहको प्रतियोगिताम सिंंगल राउन्ड रोबिनपछि शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

 ३० औं मिनेटमा सुमन लामाको गोलमा नेपालले १-० को अग्रता लिएको थियो । ५१औं मिनेटमा अञ्जन विष्टले नेपालको अग्रता दोब्बर पारे ।

५७ औं मिनेटमा मार्लि ह्यामिल्टन ले गोल गर्दै श्रीलंंकालाई खेलमा फर्काउने संकेत गरेका थिए । खेल सकिन पाँच मिनेट बाँकी हुँदा आयुष घलानले गरेको गोलमा  नेपालले ३-१ को  अग्रता लियो ।

इन्जुरी समयमा श्रीलंकाका   डि सिल्भाले पेनाल्टको सदुपयोग गर्दै खेलमा फर्कने संकेत गरेपनि त्यो पर्याप्त भएन ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो भने श्रीलंका बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

सोमबार भएको पहिलो खेलमा बंगलादेश र भारतले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।