पहिलो हाफमा नेपाललाई अग्रता

काठमाडौं, (खेलाडी)- साफ च्याम्पियनसिप अन्तर्गत जारी खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

३०औं मिनेटमा सुमन लामाले नेपाललाई अग्रता दिलाएका थिए । नवयुग श्रेष्ठको पसमा सुमनले गरेको प्रहार पोस्टमा लागेर फर्कदा प्राप्त बलालाई उनले जाली चुमाएका थिए ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको थियो भने श्रीलंका बंगलादेशसँग १–० ले पराजित भएको थियो ।