इङ्लिस प्रिमियर लिग

हाम्रा लागि हरेक खेल फाइनल सरह: अल्भारेज

काठमाडौं । फरर्वाड जुलियन अल्भारेजले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीका लागि अबका हरेक खेल फाइनल सरह हुने बताएका छन् ।

 आइतबार सम्पन्न  लिग खेलमा फलहमविरुद्ध सिटीलाई २-१ को रोमाञ्चक जित दिलाउन अल्भारेजले १ गोल गरेका थिए ।

यस जितसँगै ३२ खेलमा ७६ अंक जोडेको साबिक विजेता सिटी शीर्ष स्थानमा उक्लिएको छ । यो दोस्रो स्थानको अर्सनलको भन्दा एक अंक बढी हो ।

‘यो हाम्रो लागि निकै महत्त्वपूर्ण जित थियो। अब यसलाई जारी राख्नु पर्छ,विश्वकप विजेता अल्भारेजले भने,’हामी सिजनको सुरुआत देखि नै लिगको शीर्ष स्थानमा रहन चाहन्थ्यौं । अहिले शीर्ष स्थानमा पुगेका छौं । हामीले यसको रक्षा गर्न सक्नुपर्छ। हाम्रो लागि हरेक खेल फाइनल सरह हो । मलाई आशा छ सबै एक जुट भएर उपाधि रक्षाको लक्ष्य साकार पार्ने छौं ।’

सिटीको जितमा अर्को गोल एर्लिङ हाल्यान्डले गर्दा फुलहमका लागि कार्लोस भिनिसियसले १ गोल फर्काएका थिए ।