इङ्लिस प्रिमियर लिग

हालान्डको पुग्यो ५० गोल

लन्डन । एक अर्को दिन । इर्लिङ हाल्यान्डको एक अर्को गोल । उनको प्रदर्शन देखेर म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओला आफै मख्ख छन् । इंग्लिस प्रिमियर लिगमा सिटीले आइतबार फुलहमलाई २–१ ले हरायो । त्यसमा हालान्डले पेनाल्टीबाट एक गोल गरे । यस जितपछि सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

अनि सिटी एक अर्को लिग उपाधिको नजिक पुगेको छ । फुलहमविरुद्ध हालान्डको गोल धेरै अर्थमा ऐतिहासिक रह्यो, किनभने यो सिजन उनले गरेको गोल संख्या ५० पुगेको छ । यी २२ वर्षीय नर्वेली खेलाडी पछिल्लो जुनमै मात्र बोरुसिया डर्टमुन्डबाट सिटी आएका थिए । त्यसपछि उनले एकपछि अर्को गोल गरिरहेका छन् ।

यसअघि सन् १९८६–८७ को सिजन टोटनहमका लागि क्लिभ एलेनले ४९ गोल गरेका थिए । हालान्डले अब उनलाई उछिनेका छन् । त्यसको अर्थ उनले इंग्ल्यान्डको माथिल्लो डिभिजनका खेलाडीका रूपमा ९२ वर्षयता सबैभन्दा बढी गोल गरेका छन् । सन् १९३०–३१ को सिजन एस्टन भिल्लाका टम वारिङले ५० गोल गरेका थिए ।

त्यति बेला बेलायतका प्रधानमन्त्री थिए, राम्सी म्याकडोनाल्ड । यो त्यही समय थियो, जति बेला विन्सटन चर्चिल पनि प्रधानमन्त्री भइसकेकार् िथएनन् । यस्तो सुनेपछि ग्वार्डिओलाले पनि भने, ‘ओहो, यो त रमाइलो तथ्यांक भयो । हालान्डलाई बधाई छ । म उनको खेलबाट वास्तवमै निकै प्रभावित छुं ।’
–बीबीसीको सहयोगमा ।