नेपाली फुटबल

नेपाल र इरान भिड्दै

काठमाडौं । एएफसी यु १७ महिला एसियन कप छनोटको पहिलो खेलमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘एच’ मा नेपाल र इरानसहित आयोजक राष्ट्र जोर्डन छन् । नेपाल र इरानबीचको खेल साझ पौने सात बजे प्रिन्स मोहम्मद मैदानमा हुनेछ । नेपाली टोली आइतबार जोर्डन प्रस्थान गरेको थियो ।

विष्णु गुरुङको प्रशिक्षणमा नेपाल सुखद् सुरुवात गर्न चाहन्छ । गुरुङले पहिलो पटक नेपालको उमेर समूह हेर्ने अवसर पाएका हुन् । गुरुङले दोस्रो चरण नेपालको लक्ष्य रहेको बताएका छन् ।

नेपाल भन्दा तुलनात्मक रुपमा इरान बलियो टोली हो । फिफा वरियतामा इरान ६७औं स्थानमा छ । नेपाल एक सय स्थानमा छ । नेपालले दोस्रो खेल शुक्रबार जोर्डनसँग खेल्नेछ ।

नेपाली टोलीः
गोलकिपरः सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी
रक्षकः अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई
मिडफिल्डरः माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ
स्ट्राइकरः सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ