स्पेनिस ला लिगा

हारबाट पाठ सिक्नुपर्छः एन्सेलोट्टी

मड्रिड । रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले स्पेनिस ला लिगामा मंगलबार जिरोनासँगको हारबाट पाठ सिक्नु पर्ने बताएका छन ।

मंगलबार जिरोनाले रियाललाई ४-२ ले स्तब्ध पारेको थियो । जिरोनाका लागि टाटे कास्टेलानोसले चार गोल गरेका थिए भने रियालका भिनिसियस जुनियर र लुकास भाजक्युजले समान समान एक गोल गेका थिए । 

जिरोनासँगको हारपछि रियालले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी ८ अंकमा झार्ने अवसर गुमाएको थियो । दोस्रो स्थानको रियाल बार्सिलोनाभन्दा ११ अंकले पछि परिसकेको छ ।

बार्सिलोनाले रियालभन्दा एक खेल कम खेलेकाले सो अग्रता थप बढ्ने सम्भावना छ । जिरोनासँगको हारसँगै रियालको उपाधि रक्षाा गर्ने लक्ष्यमा गम्भिर धक्का लागेको छ । 

‘हामीले आज रक्षापत्तिमा गम्भिर गल्ती गर्यौ र त्यसको सजाय पनि पायौ’,एसेलोट्टीले भने, ‘यो हार हाम्रा लागि खतराको घण्टी हो । यो हामी स्वभाविक लयबाट अगल हुुने संकेत हो । जुन निकै घातक बन्न सक्छ । हामीले म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिगको सेमिफाइनल खेल्दैछौ । यस प्रकारको हारले टोलीको मनोबल घट्नेछ । जुन राम्रो होइन ।’