साफ च्याम्पियनसिपमा बंगलादेशको विजयी सुरुआत

काठमाडौं, (खेलाडी)- माल्दिभ्सको मालेमा शुक्रबार सुरु भएको १३औं साफ च्याम्पियनसिपमा बंगलादेशले विजयी सुरुआत गरेको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशले श्रीलंकामाथि १-० को जित निकाल्यो । टोलीको जितमा ताेपु बर्मनले ५५औं मिनेटमा गरेको एउटै गोल पर्याप्त भयो ।

पाँच टोलीको मात्र सहभागिता रहेका कारण यसपाली प्रतियोगिता राउन्ड रोबिन पद्दतिमा भइरहेको छ । पहिलो चरणका शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । 

नेपालले अहिले राति पौने दश बजे घरेलु टोली साबिक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।