इङ्लिस प्रिमियर लिग

युनाइटेडको ऋण एक विलियन पाउन्ड नजिक

काठमाडाैं । एक तथ्यांक अनुसार प्रिमियर लिग क्लबको क्लब म्यानचेस्टर युनाइटेडको ऋण ९६९.६ मिलियन पाउन्ड पुगेको छ ।

क्लबले बिहीबार दोस्रो त्रैमासिकको आर्थिक विवरण सार्वजनिक गरेको थियो । जसमा क्लबको ऋण अघिल्लो वर्षको तुलनामा १६.४ प्रतिशतले बढेको देखिएको छ ।

यसैगरी युनाइटेडले डिसेम्बर ३१ सम्मको यो त्रैमासिकमा ६.३ मिलियन पाउन्ड नाफा भएको बताएको छ । तर क्लब च्याम्पियन्स लिगमा नभएका कारण आम्दानीमा २०.९ प्रतिशत कमी आएको छ ।

युनाइटेड ग्लेजर परिवारको स्वामित्वमा छ । ग्लेजर परिवारले २००५ मा क्लब किनेको थियो । तर उनीहरु क्लब बेच्ने प्रक्रियामा छन् ।