इङ्लिस प्रिमियर लिग

डियाज तत्काल मैदान फर्कने सम्भावना छैनः क्लोप

लन्डन । लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले लुइस डियाजले चोटका कारण रियाल मड्रिडविरुद्ध हुने च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा अनुपस्थित रहने पुष्टी गरेका छन । 

अक्टोबरमा इङ्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलसँग ३-२ ले पराजित भएको खेलपछि डियाज मैदान बाहिर रहँदै आएका छन ।

डियाजले भने केही दिन अघि एक अन्तरवार्ताका क्रममा मार्च १५ मा रियालविरुद्धको दोस्रो लेगमा मैदान फर्कने सम्भावना रहेका बताएका थिए ।

पहिलो लेगमा २-० को अग्रता लिए पनि क्लोपको टोलीले अन्ततः५-२ को नतिजा सुम्पिएको थियो । जसले रियालविरुद्ध लिभरपुलको पुनरागमन कठिन देखिएको छ ।

क्लोपले भने डियाज पूर्णरुपमा फिट नभएको र प्रशिक्षणमा नफिर्कएकाले मार्च १५ सम्म उनी मैदान फर्कने सम्भावना नरहेको बताए ।

‘उनी दुई सातापछि मात्र प्रशिक्षणमा जोडिनेछन’,क्लोपले भने, ‘उनी टोलीमा फर्किएमा त्यो सबैका लागि फाइदाजनक हुनेछ । तर उनी पूर्णरुपमा फिट नभएकाले रियालविरुद्ध हुने च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा उनी मैदान उत्रने सम्भवना छैन । त्यसपछिका खेलमा भने उनी टोलीमा हुनेमा म विश्वस्त छु ।’