युरोपा लिग

युभेन्टसलाई डी मारियाको प्रेरणा

मिलान । एन्जेल डी मारियाको ह्याट्रिकप्रेरित युभेन्टस बिहीबार १० खेलाडीमा सीमित नान्टेसमाथि दोस्रो लेगमा ३-० को जितसहित युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गत साता युभेन्टसको घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा यी दुई टोलीले १-१ को बराबरी खेलेका थिए ।

खेलको पाँचौ मिनेटमा डी मारियाले गरेको गोलमा युभेन्टसले अग्रता लिएको थियो । १७औं मिनेटमा पालोइस रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि नान्टेस बाँकी समय १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

२०औं मिनेटमा डी मारियाले युभेन्टसको अग्रता दोब्बर पारेका थिए । ७८औं मिनेटमा डी मारियाले ह्याट्रिक पूरा गर्र्दै सहज जितसहित युभेन्टसको अन्तिम १६ को टिकट पक्का गरेका थिए ।

युभेन्टस समग्रमा ४-१ को जितका साथ अघिल्लो चरण प्रवेश गरेको हो ।