जर्मन बुन्डेसलिगा

बायर्न पराजित

बर्लिन । जर्मन बुन्डेसलिगाको क्लब शीर्ष क्लब बायर्न म्युखिले शनिबार बोरुसिया मोन्चेनग्लाडबाचलाई  ३-२ को नतिजा सुम्पिएसँगै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ ।

खेलको आठौं मिनेटमा डेओट उमामेकानो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि बायर्नले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

१३औं मिनेटमा लार्स स्टेन्डिलको गोलमा मोन्चेनग्लाडबाचले अग्रता लिएको थियो । ३५औं मिनेटमा इरिक म्याक्सिम चोपो मोटिङले गरेको गोलमा बायर्न खेलमा फर्किएको थियो ।

५५औं मिनेटमा होफम्यानले मोन्चेनग्लाडबाचलाई पुनः अग्रता दिलाएका थिए । ८४औं मिनेटमा थुर्रामले मोन्चेनग्लाडबाचका लागि तेस्रो गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा टिलले गोल गरे पनि त्यो बायर्नका लागि खेलमा फर्कन पर्याप्त भएन ।

२१ खेलमा ४३ अंक जोडेको बायर्न शीष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको युनियन बर्लिनभन्दा मात्र एक अंक बढी हो । तेस्रो स्थानको मोन्चेग्लाडबाचको ४० अंक छ । युनियन बर्लिन र मोन्चेनग्लाडबाचले बायर्नभन्दा एक खेल कम खेलेका छन ।