अर्किड कप

अर्किड कपः टाइमलाइन प्रिक्वार्टरफाइनलमा

काठमाडौं ।  टाइमलाइन सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा टाइमलाइनले मंगलबार गेटवे एकेडेमीलाई १-० ले पराजित गरेको हो ।

हाइली क्रिएटिभ र गोल्डेन बड पनि आ-आफ्नो खेल जित्दै प्रिक्वार्टरफाइनलमा पुगे । हाइलीले कौस्तुभलाई ३-१ले  हरायो । हाइलीका रिसुक स्थापित, सुजन सुवेदी र साजिन थापाले समान एक गोल गरे । गोल्डेन बडले बाल गीताञ्जलीलाई २-० गोलले पाखा लगायो । गोल्डेन बडका सुजल तामाङ र रोशन खड्काले समान एक गोल गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार प्रिक्वार्टरफाइनलका खेल हुनेछन् । माउन्ट सेबले विद्या विकास, साम्तेनले निर्मल ज्योति, कौतिल्यले र मोनास्टिक तथा डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमीले र टाइमलाइनविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।