युइएफए च्याम्पिन्स लिग

प्रिमियर लिग सिरी ‘ए’ जस्तो होइनः कोन्टे

लन्डन । इङलिस प्रिमियर लिगको क्लब टोटनहमका प्रशिक्षक एन्टोनिओ कोन्टेले इटालीमा जस्तो इङ्ल्यान्डमा खेल्न सहज नहुने बताएका छन् । 

कोन्टेले युरोपेली फुटबल महासंघ (युइएफए) च्यामिपयन्स लिगको खेल अगाडी इङ्लिस प्रिमियर लिगमा भन्दा इटालियन सिरी ‘ए’ मा खेल्न केही सहज हुने प्रतिक्रिया दिएका हुन् । 

‘प्रिमियर लिग सिरी ‘ए’ जस्तो होइन । यी दुई लिगमा धेरै भिन्नता भिन्नता छ’, कोन्टले भने‘ इङ्ल्यान्डमा सबै खेलमा निरन्तर जित निकाल्न कठिन हुन्छ । तर, इटालीमा केही सहज छ ।’

च्याम्पिन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मंगबार राति टोटनहमले सिरी ‘ए’को  क्लब एसी मिलानको सामना गर्दैछ ।

खेल मिलानको घरेलु मैदान सान सिएरोमा नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ ।

टोटनहम ३९ अंकसहित प्रिमियर लिगको पाचौँ स्थानमा रहदाँ मिलान सिरी ए को ४१ अंकका साथमा पाचौँ स्थानमा छ । 
 

यसैगरी  कोन्टेले मिलानसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । 

कोन्टेले भने,‘हामीले हाम्रो लयलाई निरन्तरता दिन सकेनौँ । खेलमा तल माथि त भइरहन्छ । हामी यस पटक जितको खोजीमा छौँ । हामीले कडा मेहनत गरेका छौँ ।’