कोप डे फ्रान्स

मार्सेलीविरुद्ध बिर्सनलायक प्रदर्शन गर्यौः कप्तान मार्कुन्होस

पेरिस । कोप डे फ्रान्समा बुधबार मार्सेलीलाई २-१ को नतिजा सुम्पिएसँगै पेरिस सेन्ट जर्मन (पिएसजी) का कप्तान मार्कुन्होसले टोलीले बिर्सनलायक प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन ।

३१औं मिनेटमा एलेक्सिस सान्चेजको गोलमा मार्सेलीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सर्जियो रामोसको गोलमा पिएसजी खेलमा फर्किएको थियो । ५७औं मिनेटमा रुस्लान मलिनोभेस्किले गरेको गोल मार्सेलीको जितमा पर्याप्त बन्यो ।

मार्सेलीले पछिल्लो पटक सन् १९८९ मा कोप डे फ्रान्सको उपाधि जितेको थियो । 

‘हामीले सुनौलो अवसर गुमाएका छौ । हामीले बढी बोल्नुभन्दा पनि मैदानमा नतिजा आफ्नो पक्षमा पार्नु पर्दथ्यो’,मार्कुन्होसले भने, ‘हामीले टोलीमा धेरै सुधार गर्न आवश्यक छ । आज हामीले बिर्सनलायक प्रदर्शन गर्यौ । हामीले गरेको केही गल्ती निकै महंगो साबित भयो ।’