प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताका

कर्णालीको टोली घोषणा

काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टोली घोषणा भएको छ ।

कर्णाली प्रदेश क्रिकेट संघले १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।  

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता पुस २९ देखि माघ ७ सम्म इटहरीको जनता क्रिकेट पार्कमा हुनेछ ।

यस प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरी आठ टोलीको सहभागिता रहनेछ । खेल लिग कम नकआउटको आधारमा संञ्चालन हुने प्रतियोगिताका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साबिकको विजेता नेपाल एपिएफ क्लब,सुदूरपश्चिम,बागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा प्रदेश १,मधेस,लुम्बिनी र कार्णाली प्रदेश छन् ।

कर्णालीले  पुस ३० मा लुम्बिनी प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

कर्णालीको टोली 
बिना थापा, अञ्जु गुरुङ, दिक्षा पुरी, किरण कुमारी कुँवर, तिर्सना विश्वकर्मा,एन्जिला थापा,रामा बुढाथोकी,यमुना थारु,सोयता सुवेदी,निकिता धमला,निलम शाही, विमला बुढाथोकी,नितु सुनार, दीपा राणा

वैकल्पिक खेलाडी 
करिश्मा शाही, निर्मला क्षेत्री, लक्ष्मी रानाभाट