नेपाल टी–२० लिग

असिथा फर्नान्डो पोखरामा अनुबन्ध


काठमाडौं । नेपाल टी–२० लिगको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले श्रीलंकन बलर असिथा फर्नान्डोलाई अनुबन्ध गरेको छ ।

पोखराले बुधबार सामाजिक सञ्जालमार्फत फर्नान्डोलाई अनुबन्ध गरेको जनाकारी दिएको हो ।

फर्नान्डोले श्रीलंकका लागि सात टेस्ट,पाँच एकदिवसीय तथा तीन टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

फर्नान्डोले टेस्टमा २०, एकदिवसीयमा एक तथा टी–२० मा दुई विकेट लिएका छन् । पोखरा जारी लिगमा आठ खेल खेल्दै तीन जित तथा पाँच हारको नतिजासहित ६ अंक जोडेर चौथो स्थानमा छ ।