आइसिसी ट्वान्टी २० विश्वकप

सेमिफाइनलमा पुग्न इङ्ल्यान्डलाई १ सय ४२ रनको लक्ष्य

सिड्नी । पाथुम निसान्काको अर्धशतकप्रेरित श्रीलंकाले आइसिसी ट्वान्टी २० विश्वकपको समूह ‘एक’अन्तर्गत शनिबार जारी खेलमा इङ्ल्यान्डलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रनको योगफल तयार गर्यो । श्रीलंकाका लागि ४५ बलको सामना गरेका निसान्काले २ चौका र ५ छक्कासहित ६७ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

यस्तै, भानुका राजापाक्षले २२ तथा कुशल मेन्डिजले १८ रनवाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ इङ्ल्यान्डका लागि मार्क उडले सर्वाधिक ३ विकेट लिए । आजको खेलमा जित निकाले इङ्ल्यान्डले समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउने छ । साविक विजेता अस्ट्रेलिया नेट रनरेटका आधारमा पछाडि पर्नेछ । यद्यपि, आजको खेलमा श्रीलंका विजयी भए अस्टूेलिया सेमिफाइनलमा पुग्ने छ ।