वैशाख २८, २०८२ आइतबार | २२:०५:३९
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

टिम परिचय: पुनरागमनमा इक्वेडरको नकआउट चरण पुग्ने लक्ष्य

दोहास्थित अल बायात रंगशालामा मंसिर चार गते हुने विश्वकप २०२२ को उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

इक्वेडरका लागि यो विश्वकपमा चौथो सहभागिता हो । दक्षिण कोरिया र जापानले सन् २००२ मा संयुक्त रुपमा आयोजना गरेको १७औं संस्करणको विश्वकपमा इक्वेडर पहिलो पटक सहभागी भएको थियो ।

इक्वेडरलाई १६औं शताब्दीमा स्पेनले अधिनमा राखेको थियो । सन् १८२० मा ग्रान कोलम्बियाको नाममा स्वतन्त्रता प्राप्त गर्यो । त्यसको १० वर्षपछि इक्वेडर एउटा सार्वभौम राष्ट्रको रुपमा स्थापित भयो ।

हुन त इक्वेडरलाई आठ वर्ष अघिनै उरुग्वेमा भएको पहिलो फिफा विश्वकपमा सहभागी हुन आमन्त्रित गरिएको थियो । तर आर्थिक कारण देखाएर टोलीले त्यसलाई अस्विकार गरेको थियो । जसका कारण इक्वेडरले विश्वकपमा पहिलो सहभागिता जनाउनकै लागि ७२ वर्ष प्रतिक्षा गर्नुपर्यो ।

इक्वेडरमा फुटबल खेल्न सुरु भएको चाँही १८९९ देखि हो । इक्वेडरको झण्डामा तीन रंग भएकाले इक्वेडर फुटबल टोलीलाई ‘ला ट्रिक्लर’ पनि भनिन्छ । सन् १९२५ मा इक्वेडर फुटबल संघ (इएफए)को स्थापना भयो । एक वर्षपछि उसले फिफाको आधिकारिक सदस्यता लियो । १९३८ अगस्ट ८ मा राष्ट्रिय टोलीले बोलिभियासँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्यो ।

हुन त इक्वेडरलाई आठ वर्ष अघिनै उरुग्वेमा भएको पहिलो फिफा विश्वकपमा सहभागी हुन आमन्त्रित गरिएको थियो । तर आर्थिक कारण देखाएर टोलीले त्यसलाई अस्विकार गरेको थियो । जसका कारण इक्वेडरले विश्वकपमा पहिलो सहभागिता जनाउनकै लागि ७२ वर्ष प्रतिक्षा गर्नुपर्यो ।

टोलीले १९६० मा पहिलो पटक विश्वकप छनोटमा सहभागिता जनाएको थियो । जहाँ टोली दक्षिण अमेरिकी महारथी अर्जेन्टिनासँग ६–३ को नतिजामा पराजित भएको थियो ।

१९९८ को संस्करणदेखि विश्वकपको दक्षिण अमेरिकी छनोटमा ‘होम एण्ड अवे’ प्रणाली लागू भयो । यसले इक्वेडरको प्रदर्शनमा ठूलो प्रभाव पार्यो । उनीहरुले १९९८ विश्वकप छनोट यात्रामा धेरै महत्वपूर्ण घरेलु खेलहरु जिते । समुद्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेकाले धेरै टोलीहरुले इक्वेडरको मैदानमा कठिनाइहरुको सामना गर्नुपर्यो । तथापि फ्रान्स भ्रमणका लागि टोलीलाई छनोट चरणमा पाँच अंक कमी भयो ।

त्यसपछिको विश्वकप संस्करणका लागि इक्वेडरले १९९९ मा हर्नान डारियो गोमेजलाई प्रशिक्षकका रुपमा टिमको जिम्मेवारी दियो । यसअघि गोमेज कोलम्बियाका प्रशिक्षक थिए । उनको प्रशिक्षणमा कोलम्बियाले १९९८ मा चौथो पटक विश्वकप खेलेको थियो । उनकै प्रशिक्षणमा इक्वेडरले पहिलो पटक विश्वकपको अनुभव गर्यो ।

गोमेजको नेतृत्वमा छनोट चरणमा इक्वेडरले ९ जित, चार बराबरी र पाँच हारको नतिजा निकाल्दै पहिलो पटक एसियाली भूमिमा भएको विश्वकपको टिकट काट्यो । १० देश सम्मिलित दक्षिण अमेरिकी छनोटमा इक्वेडर दोस्रो भएको थियो । यसक्रममा टोलीले छनोटको ११औं खेलमा ब्राजिलमाथि १–० को ऐतिहासिक जित हासिल गरेको थियो । ब्राजिलले यसअघिका २० भेटमा इक्वेडरलाई १८ पटक हराएको थियो भने २ खेलमा बराबरी नतिजा निस्किएको थियो । त्यसयता पनि यी दुई टोली बाह्र पटक आमनेसामने भइसकेका छन् । जसमा इक्वेडरले एक पटक मात्र जितेको छ । विश्वकप २००२ को छनोट प्रतियोगितामा टोलीका लागि अगस्टिन डेल्गाडोले सर्वाधिक ९ गोल गरेका थिए ।

विश्वकपको पहिलो सहभागितामा इक्वेडरले समूह चरणमा मेक्सिको, इटाली र क्रोएसियासँग प्रतिस्पर्धा गरेको थियो । पहिलो खेलमा इक्वेडर तीन पटकको च्याम्पियन इटालीसँग २–० ले पराजित भयो । इटालीका लागि दुवै गोल क्रिस्टियन भियरीले गरेका थिए ।

त्यसपछि इक्वेडरले मेक्सिकोसँग दोस्रो खेल खेल्यो । जहाँ टोली २–१ को नतिजामा निराश भयो । तेस्रो खेलमा क्रोएसियालाई १–० ले पराजित गरे पनि इक्वेडरले नकआउट चरणको ढोका खोल्न सकेन । समूह चरणबाटै घर फर्कियो । इक्वेडरका लागि मेक्सिकोविरुद्धको खेलमा अगस्टिन डेल्गाडोले गोल गरे । त्यो विश्वकपमा इक्वेडरको तर्फबाट भएको पहिलो गोल थियो । यसैगरी क्रोएसियालाई हराउँदा चाँही एडिसन मेन्डेजले टोलीका लागि गोल गरेका थिए । उनको गोलबाट इक्वेडरले विश्वकपमा पहिलो जित हासिल गरेको थियो ।

विश्वकप २००६ मा इक्वेडर दोस्रो चरण सम्म पुग्यो । समूह चरणको पहिलो खेलमा पोल्याण्डलाई २–० ले हराएको इक्वेडरले दोस्रो खेलमा कोस्टारिकामाथि ३–० को सहज जित निकाल्दै एक खेल अगाडि नै नकआउट चरणमा स्थान पक्का गरेको थियो । अन्तिम खेलमा इक्वेडर आयोजक जर्मनीसँग ३–० ले पराजित भए पनि त्यसले टोलीको यात्रामा कुनै अशर गरेन ।

टिमले खराब प्रदर्शन गरेपछि प्रशिक्षक गोमेजले राजीनामा दिए । उनको स्थानमा इएफएले लुइस फर्नान्डो स्वारेजलाई नियुक्त गर्यो । स्वारेजको नेतृत्वमा इक्वेडरले २००६ मा दोस्रो विश्वकप खेल्यो । १० देश सम्मिलित महादेशीय छनोटमा इक्वेडर तेस्रो स्थान हासिल गर्दै जर्मनीका लागि योग्य बनेको थियो ।

विश्वकप २००६ मा इक्वेडर दोस्रो चरण सम्म पुग्यो । समूह चरणको पहिलो खेलमा पोल्याण्डलाई २–० ले हराएको इक्वेडरले दोस्रो खेलमा कोस्टारिकामाथि ३–० को सहज जित निकाल्दै एक खेल अगाडि नै नकआउट चरणमा स्थान पक्का गरेको थियो । अन्तिम खेलमा इक्वेडर आयोजक जर्मनीसँग ३–० ले पराजित भए पनि त्यसले टोलीको यात्रामा कुनै अशर गरेन ।

पहिलो पटक नकआउट चरण खेल्ने क्रममा इक्वेडरले अन्तिम १६ मा डेविड बेकह्याम, स्टेभन जेरार्ड, फ्रयांक लाम्पार्ड र वायन रुनीलगायतका विश्व फुटबलका स्टार खेलाडीहरु सम्मिलित इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नुपर्यो । जहाँ इङ्ल्यान्डको सुनौलो पुस्तासँग टोली १–० को नतिजामा पराजित हुन पुग्यो । खेलको एक मात्र गोल इङ्ल्यानडका कप्तान डेविड बेकह्यामले गरेका थिए ।

लगातार दुई संस्करणको विश्वकप खेलेपछि इक्वेडरले आफ्नो आत्मसम्मानमा उल्लेखनीय वृद्धि देख्यो । खेलाडीहरु क्षमतामा विश्वास गरिरहेका थिएनन् । २००६ को विश्वकपपछि भने खेलाडीहरुले आफूहरु ठूला प्रतियोगिताका लागि सक्षम भएको विश्वास गरे । केही राम्रा खेलाडीहरु ठूला विदेशी क्लबको नजरमा परे । विश्वकपको त्यही संस्करणपछि इक्वेडरका खेलाडीहरु विदेशी क्लबमा जान थालेका हुन् ।  

एन्टोनियो भ्यालेन्सियालाई यसको राम्रो उदाहरणका रुपमा लिन सकिन्छ । सर एलेक्स फर्गुसनको नजरमा परेका उनी म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित भए । उनले त्यहाँ १० वर्ष बिताए । भ्यालेन्सिया जस्तो खेलाडी भएकोमा इक्वेडरलाई पक्कै पनि गर्व छ ।

२०१० मा इक्वेडर मात्र एक अंकले विश्वकपबाट टाढा रह्यो । छैटौं स्थानमा रहेर छनोट प्रतियोगिता टुङग्याएको इक्वेडर पाचौं स्थानको उरुग्वे भन्दा एक अंकले मात्र पछाडि थियो । विश्वकप पुर्याउन असफल प्रशिक्षक सिकस्टो भिच्विटलाई  २०१० अगस्टमा कोलम्बियन रेनाल्डो रुएडाले प्रतिस्थापन गरे ।

रुएडाले टिममा धेरै घरेलु खेलाडीहरुलाई प्राथमिकता दिए । रुएडाको प्रशिक्षणमा इक्वेडर २०१४ को विश्वकप छनोटमा चौथो हुँदै तेस्रो पटक विश्वकप खेल्नका लागि तयार भयो । छनोटमा इक्वेडरका लागि फिलिपे काइसेडोले सात गोल गरे ।

यसबीच विश्वकप छनोटको उत्कर्षमा रहँदा इक्वेडर फुटबलमा एउटा दु:खद घटना भयो । २०१३ जुलाई २९ मा टिमका स्ट्राइकर क्रिस्टियन बेनिटेजको हृदयघातका कारण २७ वर्षको उमेरमा निधन भयो । २००५ मा इक्वेडर राष्ट्रिय टोलीको जर्सी लगाएका बेनिटेज टिमका महत्वपूर्ण खेलाडी थिए । उनले २००६ को जर्मन विश्वकप पनि खेलेका थिए । उनले राष्ट्रिय टोलीबाट ५८ पटक देशको प्रतिनिधित्व गर्दा २८ गोल गरे । २०१४ को विश्वकप छनोटमा पनि उनले ४ गोल गरेका थिए ।

बेनिटेजको निधनले देशलाई शोकमा पुर्यायो । उनको मृत्युको सामना गर्न इक्वेडरलाई धेरै गाह्रो भयो । यद्यपि टोलीले विश्वकपमा स्थान बनायो । उनको मृत्युपछि इएफएले उनले लगाउने जर्सी नम्बर ११ लाई सधैंका लागि ‘रिटायर’ गर्ने घोषणा गर्यो । तर ब्राजिल विश्वकपमा फिफा नियमका कारण इक्वेडरले ११ नम्बरलाई टोलीमा पुन:स्थापना गर्यो । पछि उक्त नम्बर फिलिपे काइसेडोलाई दिइयो ।

प्रतियोगितामा यात्रा धेरै लामो नभए पनि इक्वेडर एक पूर्ण टोलीका रुपमा ब्राजिल पुगेको थियो । पछिल्ला विश्वकप भन्दा यो पाली धेरै अनुभव भएका खेलाडी थिए । इक्वेडरका खेलाडीहरु विदेशका उच्चस्तरीय लिगहरुमा व्यावसायिक फुटबल खेलिरहेका थिए । उनीहरुलाई दबाब र जिम्मेवारी कसरी सम्हाल्ने भन्ने कुरा राम्ररी थाहा थियो । त्यसैले पनि २०१४ विश्वकपको त्यो टिमलाई इतिहासकै उत्कृष्ट राष्ट्रिय टोली मान्ने धेरै छन् । 

२०१४ मा इक्वेडरले बेनिटेजको सम्झनालाई प्रेरणाको स्रोत बनायो । पछिल्ला दुई संस्करण भन्दा राम्रो प्रदर्शन गर्न टिमका लागि यो भन्दा ठूलो प्रेरणा अरु हुन सक्दैन थियो । उत्कृष्ट प्रदर्शनका साथै फ्रान्सलाई बराबरीमा रोकनुका साथै हन्डुरसलाई हराउनु इक्वेडरको ठूलो सफलता थियो । तर स्विट्जरल्यान्डसँग पराजित हुँदा टोली नकआउट चरण पुग्न सकेन ।

प्रतियोगितामा यात्रा धेरै लामो नभए पनि इक्वेडर एक पूर्ण टोलीका रुपमा ब्राजिल पुगेको थियो । पछिल्ला विश्वकप भन्दा यो पाली धेरै अनुभव भएका खेलाडी थिए । इक्वेडरका खेलाडीहरु विदेशका उच्चस्तरीय लिगहरुमा व्यावसायिक फुटबल खेलिरहेका थिए । उनीहरुलाई दबाब र जिम्मेवारी कसरी सम्हाल्ने भन्ने कुरा राम्ररी थाहा थियो । त्यसैले पनि २०१४ विश्वकपको त्यो टिमलाई इतिहासकै उत्कृष्ट राष्ट्रिय टोली मान्ने धेरै छन् । 
चार वर्षपछि २०१८ मा इक्वेडरले विश्वकप छनोटमा १० हार बेहोर्यो । फलस्वरूप समूहको आठौं स्थानमा रहँदै उसले रसिया विश्वकप गुमायो ।

इक्वेडरले महादेशीय छनोटको तेस्रो स्थानमा रहेर कतार विश्वकपको टिकट काटेको हो । छनोटका कुल १८ खेलमा इक्वेडरले आठ जीत, पाँच बराबरी र ६ हारको नतिजा निकालेको थियो ।

इक्वेडरलाई चौथो पटक विश्वकपमा पुर्याउन माइकल एस्ट्राडाले सर्वाधिक ६ गोल गरेका थिए । त्यसैगरि इनर भ्यालेन्सिया र सोलोमान रोन्डानले चार–चार गोल गरेका थिए ।

विश्वकपमा इक्वेडर 

विरुद्ध कतार (अल बायात रंगशाला)
मंसिर चार गते, राति ९ं:४५ बजे

विरुद्ध नेदरल्यान्ड्स (खलिफा अन्तर्राष्ट्रिय रंगशाला)
मंसिर ९ गते, राति ९:४५ बजे

विरुद्ध सेनेगल (खलिफा अन्तर्राष्ट्रिय रंगशाला)
मंसिर १३ गते, राति ८:४५ बजे

हेर्नलायक खेलाडी

इनर भ्यालेन्सिया (फेनेरबाचे)

इक्वेडरले विश्वकपमा सुखद प्रदर्शनको दावी गरिरहँदा इनर भ्यालेन्सिया यसपाली पनि टोलीका मुख्य खेलाडी हुनेछन् ।

७४ अन्तर्राष्ट्रिय खेल खेल्दै सर्वाधिक ३५ गोल गरेका उनीबाट इक्वेडरले कतारमा उच्च स्कोरिङ फर्म अपेक्षा गर्नेछ ।

विश्वकपको समूह ‘ए’बाट आयोजक कतार, अफ्रिकी कप अफ नेशन्सको विजेता सेनेगल र युरोपेली महारथी नेदरल्यान्ड्सको चुनौती पन्छाएर नकआउट चरण प्रवेश गर्ने हो भने इक्वेडरका लागि भ्यालेन्सियाले आठ वर्षअघि ब्राजिलमा गरेको प्रदर्शन दोहोर्याउनु पर्नेछ ।

ब्राजिलमा आठ वर्षअघि सम्पन्न विश्वकपमा चार गोल गर्दै उनले विश्व फुटबलका महारथी क्लबहरुको ध्यान आफूतिर तानेका थिए ।

कतारमा उनलाई युवा मिड्फिल्डर मोसेस काइसेडो, विंगर गोन्जालो प्लाटा तथा रक्षकहरु पिएरो हिनक्यापीलगायतको साथ मिल्नेछ ।

(एजेन्सीहरूको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP