पिएनजीविरुध्दको एकदिवसीय खेलमा नेपाल विजयी

काठमाडौं, (खेलाडी)-  पपुवा न्युगिनी (पिएनजी) विरुद्ध दुई खेलको शृंखलाअन्तर्गत नेपालले पहिलो एकदिवसीय खेलमा मंगलबार दुई विकेटको जित हासिल गरेको छ ।

पिएनजीले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । 

नेपालले यो खेल विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशीय श्रृंखलाको तयारी लागी खेलिरहेको हो । पिएनजीविरुद्ध नेपालले शुक्रबार अर्को अभ्यास खेल खेल्नेछ ।

भदौ २८ देखि असोज चार गतेसम्म चल्ने त्रिदेशीय शृंखलामा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।