भारतीय क्रिकेट

रोहितको अनुपस्थितीमा भारतीय टेस्ट टिमको कप्तानी बुमराहले सम्हाल्ने

लन्डन । कोभिड संक्रमण पुष्टि भएसँगै रोहित शर्मा इङ्ल्यान्डविरुद्धको टेस्ट शृंखलाअन्तर्गत पाँचौ खेलबाट बाहिरिएसँगै भारतीय टेस्ट टिमको कप्तानी जसप्रित बुमराहले सम्हाल्ने भएका छन् ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को हवाला दिँदै रोहितले इङ्ल्यान्डविरुद्धको टेस्ट गुमाउने उल्लेख गरेका छन् । जसका कारण बिसिसिआईले टिमको कप्तानी तिव्र गतिका बलर बुमराहलाई दिने जनाएका छन् ।

यद्यपि, मुख्य प्रशिक्षक राहुल द्रविडले भने रोहित हालसम्म ‘आधिकारिक रुपमा बाहिरि नसकेको’ बताए । तर, द्रविडले पनि रोहितमा बिहीबार बिहान कोभिड पुष्टि भएको स्वीकार गरे ।

‘रोहित अझै आधिकारिक रुपमा टिमबाट बाहिरिसकेका छैनन् । उनले भोली पनि कोभिड १९ को परिक्षण गर्नेछन् । पाँचौ टेस्टका लागि हामीसँग अझै ३६ घण्टा बाँकी छ,’ प्रशिक्षक द्रविडले भने ।

शृंखलामा भारत २–१ ले अघि छ ।