नेपाली क्रिकेट

नेपाल र जिम्बावे ‘ए’ बीचकाे खेलमा वर्षा बाधक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाअन्तर्गतको पहिलो खेलमा वर्षा बाधक बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेल विहान ९ः३० बजेदेखि सुरु हुने भनिए पनि ओसिलो मैदानका कारण टस समेत हुन सकेको छैन । पानी नरोकिए खेल रद्द हुने सम्भावना उच्च छ ।

नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय शृंखला र तीन खेलको ट्वान्टी क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो ।

शृंखलाअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले जिम्बावेविरुद्धको शृंखला आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को लागि अभ्यास हुने बताएका थिए ।

शृंखलाको लागि क्यानले दर्शकहरुलाई एक सय ५० रुपैयाँ टिकट मुल्य तोकेको छ ।