शेन वार्न

शेन वार्नको स्मृतिमा दीप प्रज्वलन

काठमाडौं । अस्ट्रेलियन लेजेन्ड क्रिकेटर शेन वार्नको स्मृतिमा मंगलबार लुम्बिनीमा दीप प्रज्वलन गरिएको छ । अस्ट्रेलियन राजदुत फेलिसिटी भल्कले गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा उनको फोटो स्थापित गरेर दीप प्रज्वलन गरेकी हुन् ।

वार्नको फोटो लुम्बिनीको मायाँदेवी मन्दिर परिसमा रहेको अशोक स्तम्भ छेउमा राखिएको छ ।

अस्ट्रेलियन क्रिकेटर वार्नको मृत्यु हृदयघातबाट मार्च ४ मा थाइल्यान्डमा भएको थियो ।

१६ वर्षको उमेरबाट क्रिकेट खेल्न सुरु गरेका वार्नले तीन सय ३९ अन्तर्राष्ट्रिय खेलमा एक हजार एक विकेट लिएका थिए । विश्व क्रिकेटमा एक हजार विकेट लिने दुई खेलाडीमध्ये सेन वार्न एक हुन् । वार्नबाहेक अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकन स्पिन लेजेन्ड मुथैया मुरलिधरनले सर्वाधिक एक हजार तीन सय ४७ विकेट लिएका छन् ।