आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

नेपालको खराव सुरुआत

दुबई । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्यु गिनीले दिएका दुई सय पाँच रनको लक्ष्य पछ्याइरहको नेपालले खराव सुरुआत गरेको छ ।

शारजाह त्रिकेट मैदानमा नेपालले तीन ओभरमा सात रन बनाउँदा दुई दुई विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल सात बलमा एक रन बनाइ आउट भए भने अर्का ब्याटर ज्ञानेन्द्र मल्ल चार रन बनाएर पभेलियन फर्किए ।

ज्ञानेन्द्रले ६ बलमा एक चौका प्रहार गरे ।

यसअघि टस जितेर ब्याटिङमा आएको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रनको योगफल खडा गरेको थियो ।

शृंखलाको दोस्रो खेल नेपालले मार्च १८ मा युएईविरुद्ध खेल्नेछ । त्यस्तै, तेस्रो खेल मार्च २१ मा युएईविरुद्ध नै हुनेछ र शृंखलाको अन्तिम खेल मार्च २२ मा पिएजनीविरुद्ध खेल्नेछ ।

नेपाल आठ खेलमा आठ अंकसहित छैटौं स्थानमा छ । नेपालले चार खेल जितेको छ भने चार खेल गुमाएको छ । १३ खेल खेलेको पपुवा न्युगिनीले भने अंक खाता खोल्न सकेको छैन ।