अस्ट्रेलिया-श्रीलंका क्रिकेट शृंखला

अस्ट्रेलियाले श्रीलंकालाई दियो १६५ रनको लक्ष्य

सिड्नी । अस्ट्रेलियाले पाहुना टोलीविरुद्धको दोस्रो ट्वान्टी २० क्रिकेटमा श्रीलंकासामू एक सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६४ रनको योगफल खडा गर्यो ।

अस्ट्रेलियाका जस इंङ्लिसले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बलमा पाँच चौका प्रहार गरे । यस्तै, कप्तान आरोन फिन्चले २५, मार्कुस स्टोइनिसले १९, बेन म्याकडेरमोटले १८ र ग्लेन म्याक्सवेले १५ रन जोडे ।

श्रीलंकाका दुस्मन्था चमिराले र वनिन्दु हसरंगाले समान दुई विकेट लिए । त्यस्तै, नुवान थुसारा र महेस थिक्षणाले एक/एक विकेट लिए ।

श्रीलंकाले पाँच ट्वान्टी २० क्रिकेटका लागि अस्ट्रेलिया भ्रमणमा आएको हो । शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा अस्ट्रेलियाले पाहुना टोलीलाई २० रनले पराजित गरेको थियो ।