चारदेशीय ट्वान्टी २० शृंखला

लोकेशको ‘डेब्यु’, नेपाल टस जितेर फिल्डिङमा

मस्कट । चार देशीय ट्वान्टी२० अन्तर्राष्टिय शृंखला अन्तर्गत सयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलसँगै लोकेशले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका छन् ।

शनिबार ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा शृंखलाको दोस्रो खेलमा नेपालले युएईको सामना गर्दैछ । नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

यसअघि नेपालले शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले हराएको थियो ।

लोकेशसँगै विवेक यादव र सागर ढकालले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । विवेक र सागरले शृंखलाको पहिलो खेलमा ओमानविरुद्ध राष्ट्रिय टोलिबाट ‘डेब्यु’ गरेका थिए ।

दोस्रो खेलमा पनि विवेक यादव नेपाली टोलीको प्लेइङ ११ मा .छन् । यद्यपि, सागर भने दोस्रो खेलका लागि घोषित टोलीमा परेनन् ।

सागर यसै वर्ष नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी२० विश्वकप अन्तर्गत ग्लोबल क्वालिफायरमा ओमान भ्रमणमा निस्किनु एकदिन अघि मात्र टोलीमा थपिएका थिए ।

नेपालले ग्लोबल क्वालिफायरको समूह ‘बी’ मा आयोजक ओमानसँगै क्यानडा र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

चार देशीय शृंखलामा नेपाल र ओमानसहित आयरल्यान्ड र युएई रहेका छन् ।