इङ्ल्यान्ड क्रिकेट

इङ्लिस पुरुष क्रिकेट टोलीका निर्देशक गिलेस बर्खास्त

लन्डन । इङ्लिस पुरुष क्रिकेट टोलीका निर्देशक अस्ले गिलेसलाई इङ्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) ले बर्खास्त गरेको छ ।

अस्ट्रेलियाविरुद्धको एसेस टेस्ट शृंखलामा निराशजन प्रदर्शन गरेपछि इसिबीले गिलेसलाई बर्खास्त गर्ने निर्णय गरेको हो । गत महिना सम्पन्न पाँच टेस्टको एसेस शृंखलामा इङ्ल्यान्ड घरेलु टोलीविरुद्ध ४–० ले पराजित भएको थियो । इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको चौथो टेस्ट बराबरीमा टुङ्गिएको थियो ।

गिलेसलाई निर्देशकको भुमिकाबाट मुक्त गरेसँगै एन्ड्रयु स्ट्रस अन्तरिम निर्देशकमा नियुक्त भएका छन् । र, स्ट्रसले नै वेस्ट इन्डिजविरुद्धको तीन टेस्ट प्रबन्ध मिलाउने छन् । इङ्ल्यान्ड र वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट एन्टिगोवामा मार्च आठदेखि सुरु हुदैछ ।

‘पछिल्लो तीन वर्षदेखि गिलेसले पुरुष क्रिकेट टोलीमा गरेको प्रतिबद्धता र योगदानप्रति म निकै कृतज्ञ छु । इसिबी र इङ्ल्यान्डको पुरुष क्रिकेटमा गिलेसको निकै ठुलो योगदान छ’, इसिबीका कार्यकारी प्रमुख टम ह्यारिसनले भने ।