प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रदेश नम्बरद्धारा एक सय १५ रनको लक्ष्य

धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन (आइतबार) को दोस्रो खेलमा प्रदेश नम्बर १ ले बागमति प्रदेशसामु एक सय १५ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ। 

फाप्ला क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङमा आएकाे प्रदेश १ ले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १४ रनकाे याेगफल खडा गर्याे । 

प्रदेश १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन् । अप्सरीले ६२ बलमा ५१ रन बनाइन् । त्यस्तै स्मृति कटुवालले २० र सबनभ राईले १५ रन बनाईन् ।

बागमति प्रदेशकी अस्मिना कर्माचार्य र खुशी डंगोलले समान दुई विकेट लिइन् ।