एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता

पुरूष तथा महिला भलिबल टाेलीकाे बिदाइ

काठमाडौं । नेपाल भलिबल संघले बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता खेल्न जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको आइतबार बिदाइ गरेको छ ।

ढाकामा पुस ६ देखि १४ सम्म हुने प्रतियोगिताका लागि दुबै टोली सोमबार दिउँसो १२:१५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । 

दुबै टोलीलाई नेपाल भलिबल संघका कार्यवाहक अध्यक्ष यम गुरुङ, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, संघका महासचिव जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष निरोज मास्के, सचिब मनविर छन्त्याल, इन्दिरा निरौलालगायतले बिदाइ गरे ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री गहतराजले दुबै टाेलीलाई जितका लागि सुभकामना समेत दिए ।

'दुबै टोलीले सम्पुर्ण समस्या भुलेर उच्च मनोबलका साथ जितेर आउनुस । खेलाडीको लागि पुर्वाधारको कमि हुँदैन । मन्त्रालयबाट हुने काम सबै गर्ने प्रतिबद्धता गर्छु, मन्त्री गहतराजले भने ।' 

यस्तै संघका महासचिव चन्दले दुबै टोलिको तयारी राम्रो भएकाले टोलिबाट स्वर्ण पदक आशा भएको बताए । 

ढाकामा पुस ६ देखि १४ सम्म हुने प्रतियोगितामा महिलातर्फ नेपाल सहित आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान र पुरुषतर्फ नेपाल सहित आयोजक बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकि राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शिर्ष दुई टोलिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । 

यसअघि महिला टोलिले बंगलादेशमा नै भएको सेन्ट्रल जोनको पहिलो संस्करणमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएर ऐतिहासिक स्वर्ण पदक जितेको थियो । नेपालमै भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा पुरुष टोलि समूह चरणबाटै बाहिरिएको थियो । 

समूह चरणमा किर्गीस्तान र माल्दिभ्ससँग ३-० को सोझो सेटमा पराजित भएको नेपालले प्ले अफमा अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै नेपाली पुरुष टोलि पाँचौं स्थानमा सिमित भएको थियो ।