टेस्ट शृंखला

अस्ट्रेलियालाई टेस्ट शृंखला

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखलाको दोस्रो तथा अन्ति टेस्टमा अस्ट्रेलिया तीन विकेटले विजयी भएको छ ।

योसँगै अस्ट्रेलियाले दुई खेलको शृंखला २-० ले आफ्नो पक्षमा पार्यो । पहिलो टेस्टमा अस्ट्रेलिया १७२ रनले विजयी भएको थियो ।

क्राइस्चर्चस्थित हेग्ली ओभरमा न्युजिल्यान्डले प्रस्तुत गरेको २७९ रनको लक्ष्य अस्ट्रेलियाले सात विकेट गुमाउँदै पूरा गर्यो । ७७-४ को स्थितीमा चौथो दिनको सुरुआत गरेको अस्ट्रेलियाले थाप तीन विकेट गुमाउँदा  बाँकी १०१ रन बनायो ।

अस्ट्रेलियाका लागि एलेक्स केरीले १२३ बलमा १५ चौकाको मद्दतले अविजित ९८ रनको योगदानन गरे । यसैगरी मिचेल मार्शले ८०, कप्तान प्याट कमिन्सले अविजित ३२, ट्रभिस हेडले १८ र उस्मान ख्वाजले ११ रन बनाए ।

न्युजिल्यान्डका लागि बेन सियर्सले चार, म्याट हेनरीले दुई तथा टिम साउथीले एक विकेट लिए ।

न्युजिल्यन्डले दोस्रो इनिङमा ३७२ रन बनाएपछि अस्ट्रेलियाले २७९ रनको लक्ष्य प्राप्त गरेको थियो । न्युजिल्यान्डका लागि रचिन रविन्द्रले १२५३ बलमा १० चौकाको मद्दतले सर्वाधिक ८२ रनको योगदान गरे ।  

यसैगरी टम लाथमले १६८ बलमा आठ चौकाको मद्दतले ७३, ड्यारिल मिचेलले ९८ बलमा ६ चौका र एक छक्काको मद्दतले ५८, केन विलियम्सनले १०७ बलमा ६ चौकाको मद्दतले ५१, स्कट कुग्गेलिजनले ४४ तथा ग्लेन फिलिप्स र म्याट हेनरीमा समान १६ रन बनाए ।

अस्ट्रेलियाका लागि प्याट कमिन्सले चार, नाथन लायनले तीन तथा मिचेल स्टार्च जोश हेजलउड र क्यामरुन ग्रिनले समान एक विमकेट लिए ।

टस हरेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पहिलो इनिङमा १६२ रन बनाएको थियो । अस्ट्रेलियाले २५६ रन बनाउँदै पहिलो इनिङमा ९४ रनको अग्रता लिएको थियो ।