इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिता

इक्वालिटी कप महिला क्रिकेटः मोरङ च्याम्पियन

विराटनगर। नेपाल क्रिकेट फाउन्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा गरेको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा घरेलु टोली मोरङ च्याम्पियन बनेको छ ।

विराटनगर-६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको शुक्रबार सम्पन्न फाइनलमा मोरङले इलाममाथि १०० रनको फराकिलो जित निकाल्यो ।

मोरङले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पाएको इलामले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँद ५३ रन मात्र बनाउन सक्यो । इलामका लागि यमुना राईले अविजित १० रनको योगदान योगदान दिइन् ।

मोरङका लागि चाँदनी यादवले तीन र कृतिसा धामीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मोरङले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५३ रनको योगफल तयार पार्यो । मोरङका लागि सानु राजवंशीले ५९ बलमा ९ चौकाको मद्दतमा ७२ रनको योगदान गरिन् । यसैगरी बनाउँदा प्रेरणा राना मगरले अविजित ३१ रन बनाइन्  ।

इलामका लागि पस्मिता मुखियाले २ विकेट लिँदा संगिता तामाङले एक विकेट लिए ।

मोरङकी सानु राजवंशी प्रतियोगिताको प्लेयर अफ द सिरिज घोषित भइन् । इलामकी प्रियंका राई उत्कृष्ट ब्याटर मोरङकी सुवेक्षा लिम्बु उत्कृष्ट बलर र सिरहाकी आरुषी साह उदीयमान खेलाडी चुनिए ।  घोषित भए ।

फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा मोरङ, इलाम, सप्तरी र सिरहाको सहभागिता थियो ।

विजेतालाई प्रमुख अतिथि मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद वावु कुरैशी, सप्तरी क्रिकेट अध्यक्ष आयुस श्रेष्ठ, नेपाल क्रिकेट फाउन्डेशका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार वितरण गरे