फाल्गुन १२, २०८२ मंगलबार | ०२:३७:५१
फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो
शनिबारको दिन जोनी बेरिस्टो

आफैंलाई विश्वास नलाग्ने बेरिस्टोले खेल्दै छन् १०० टेस्ट

काठमाडाै‌ । अहिले भारत र इङल्यान्डबीच धर्मशालामा पाँचौं तथा अन्तिम टेस्ट भइरहेको छ । सिरिजमा यस खेलको खासै अर्थ हुन्न । किनभने भारतले यसअघि नै सिरिज जितिसकेको छ । तर दुई खेलाडीका लागि यो विशेष छ । उनीहरू छन् जोनी बेरिस्टो र रविचन्द्रन अश्विन ।

सय खेलका रूपमा दुवैका लागि यो टेस्ट आफ्नो जीवनको कोसेढुंगा रह्यो । अश्विनले सिरिजको अघिल्लो टेस्टमा ५ सय विकेट लिएका थिए । राँचीमा भएको त्यो टेस्टमा उनले यो उपलब्धि छोएका हुन । उनलाई भन्दा पनि बेरिस्टोका लागि धर्मशालाको टेस्ट विशेष छ । अझ थप भन्दा भावनात्मक । निकै प्रतिभाशाली खेलाडी मानिएका बेरिस्टो आफैले मानेका छन्, म आफूलाई पनि लागेको थिएन सय टेस्ट खेल्ने छुं भनेर ।

न त उनलाई यत्तिको टेस्ट खेल्न योग्य नै मानिएको थियो । तर सबैको आलोचना विपरीत ३४ वर्षीय बेरिस्टोले यो काम गरेका छन् । किन विशेष छ त उनका लागि सय टेस्टको कीर्तिमान ? यसलाई केलाउन उनको व्यक्तिगत जीवन एकपल्ट नियाल्नुपर्ने हुन्छ ।

 

योर्कसायरका खेलाडीको त्यो परिवारमा जन्म भएको थियो, जहाँ क्रिकेट नै क्रिकेट माहोल थियो । उनका बुवा हुन्, डेविड बेरिस्टो । यी सिनियर बेरिस्टो आफ्नो जमानाका नामी खेलाडी थिए । उनलाई पनि विकेटकिपिङमा महारथ प्राप्त थियो । उनी आफ्ना छोराभन्दा पनि राम्रा विकेटकिपर थिए । उत्तिकै उम्दा ब्याटर हुने नै भए । उनले इङल्यान्डका लागि ४ टेस्ट र २१ एकदिवसीय क्रिकेट खेलेका छन् ।

तर, उनी लामो समय भने बाँचेनन् । मात्रै ४६ वर्षमै मृत्युको बाटो रोजे । त्यो पनि झुन्डिएर । उनको आत्महत्याले छोरा बेरिस्टोलाई मानसिक रूपमा विक्षिप्त पारेको थियो । डेविडले खेल्न छाडेपछि रेडियोमा कमेन्टेटरको भूमिका निभाएका थिए । यसमा खुबै लोकप्रिय रहे । तर, उनीलाई डिप्रेसनको समस्या थियो ।

उनले यसअघि पनि आत्महत्याको प्रयास गरिसकेका थिए र उपचार चलिरहेको थियो । एक दिन जोनी आफ्नी आमा र बहिनीसँग कतै बाहिर गएका थिए । घरमा डेविड एक्लै थिए । त्यही बेला उनले झुन्डिएर आत्महत्या गरे । जोनी घर फर्कंदा उन बुवाको मृत्यु भइसकेको थियो । उनले बुवाको त्यो विभत्स रूप देखे ।

सन् २०१७ मा ‘ए क्लियर ब्लु स्काइ’ को नाममा जोनीको आत्मकथा निस्केको थियो । त्यसमा उनले आफ्ना बुवाको त्यो घटनाबारे लामो लेखेका छन् । त्यसको आफ्नो परिवारमा परेको प्रभावबारे भनेका छन् । यति हुँदा पनि उनले क्रिकेट नै रोजे । उनी इङल्यान्डका लागि मात्रै होइनन्, फ्रेन्चाइज क्रिकेटमा पनि उत्तिकै सफल रहे । उनी इङल्यान्डका लागि सय टेस्ट खेल्ने १७ औं खेलाडी हुन् ।

यसबाट प्रस्ट हुन्छ, सय टेस्ट खेल्न पाउने खेलाडी कति धेरै कम छन् भनेर । जतिबेला साँच्चै सय टेस्ट खेले, त्यति बेला पुराना कुरा सम्झेर भावनात्मक हुनु स्वाभाविक पनि हो । इङलिस मिडियाले लेखेको छ, उनलाई जत्तिको पारिवारिक विडम्बना कसैलाई नपरोस् ।