चैत्र १३, २०८२ शुक्रबार | ०७:५७:३२
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा
शनिबारको दिन बायर्न म्युनिख

दशक चम्किएको बायर्नको यो हविगत

काठमाडाै‌ । बायर्न म्युनिखलाई लिएर के मात्र भन्ने ? जितेको जित्यै गर्ने क्लब । जर्मनीको च्याम्पियन । अनि छपल्टको युरोपेली च्याम्पियन । भनिन्छ, बायर्नको डीएनएमै जित्ने मात्रै लेखिएको छ । अरू केही छैन । तर, यो सिजन टोलीका लागि पटक्कै राम्रो हुन सकेको छैन ।

विशेषतः बुन्डेसलिगामा । हुन त बायर्न लगातार र कीर्तिमान १२ औं लिग उपाधिलाई पछ्याइरहेको छ । लगभग स्पष्ट जस्तै भइसकेको छ, यो पूरा हुने छैन ।

पछिल्लो सप्ताहन्तको खेलपछि शीर्षमा रहेको बायर लेभरकुजन र बायर्नबीचको अन्तरले दोहोरो अंक छोएको छ । त्यो भनेको १० अंक । अहिलेका क्लबका प्रशिक्षक हुन्, थोमस टचेल । उनको आरोप छ, अहिले बायर्नमा जति पनि स्टार छन् ती सबै पुराना भइसके । त्यसको खासै चमक नरहेको उनी मान्छन् । उनी आफैंले पनि घोषणा गरिसकेका छन्, अर्को सिजन आफू हुनेछैन । उनले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरिसकेका छन् ।

उनीमाथि आरोप छ, यी प्रशिक्षक आएपछि ड्रेसिङ रूम दुःखी छ । सुरुमै जर्मन सुपर कपमा बायर्न पराजित रह्यो । त्यसपछि जर्मन कपमा त्यस्तो क्लबसँग पराजित भयो, जसको अस्तित्व तेस्रो डिभिजनमा छ । त्यो भनेको सारब्रकेन । जर्मन मिडफिल्डर लियोन गोरट्केजल बायर्नका लागि यो सिजन यसरी व्याख्या गरेका छन्, सकिने छाँटै नभएको हरर सिनेमा । सारमा भन्दा बायर्नको लागि यो सिजन एक दशककै सबैभन्दा खराब सावित हुँदै छ ।

कम्तीमा माथि भनिए जस्तै जर्मन घरेलु लिगमा बायर्नको एकछत्र राज सकिँदै छ । अहिलेसम्म जर्मन लिगको इतिहासमा कोही कसैले पनि १० अंकको दूरी मेट्न सकेको छैन । लिगमै पनि बायर्नले पछिल्ला ४ खेलमा एकै जित मात्र निकालेको छ । अझभन्दा अचेल प्रत्येक ४ खेलमध्ये एकमा पराजित हुन्छ बायर्न । हुँदाहुँदै भर्खरै सबै खाले प्रतियोगिताका तीन खेलमा बायर्न लगातार पराजित भयो । यस्तो खराब नतिजा ९ वर्षमा पहिलो पटक देखिएको छ ।

प्रशिक्षकका रूपमा टचेलको प्रदर्शन पनि साह्रै खराब देखिएको छ । उनी एक चौथाइ खेलमा हार बेहोर्ने गरेका छन् । त्यो भनेको सन् १९९१–९२ यता सबैभन्दा खराब प्रदर्शन हो, कोही प्रशिक्षकका लागि । त्यति बेला सारेन लेर्बीको हार प्रतिशत ४१ प्रतिशत थियो । अहिले टचेलको जित प्रतिशत भनेकै ६३ हो, जुन वास्तमवै धेरै कम हो । सन् २००९–११ मा बायर्नको प्रशिक्षक हुँदा लुइस भान गालको जित प्रतिशत ६१ थियो । ठ्याक्कै भन्दा ५० वर्षीय टचेलले बायर्नमा खासै केही गर्न सकेका छैनन् ।

टचेल कुनै समय बोरुसिया डर्टमन्डमा थिए । पछि उनले चेल्सी सम्हाले । उनको टिमको प्रदर्शन यति खराब रहेको थिएन । यसबीच बायर्नसामु एउटा सम्भावना अझै कायम छ । यो हो, युरोपेली च्याम्पियन्स लिग । बायर्न भर्खरै च्याम्पियन्स लिगको क्वाटरफाइन पुगेको छ । टोलीले भर्खरै लाजियोको चुनौती समाप्त पारेको हो । दोस्रो लेगमा ३–० को जित निकालेर बायर्नले समग्रमा ३–१ को निर्णायक अग्रता लिएको थियो ।

भनेपछि बायर्नले आफू पछाडि रहेको स्थिति उल्टाएको हो । अलिकति भए पनि यसलाई राहत त मान्नैपर्छ । के बायर्नका लागि यस सिजनका लागि राम्रो खेल्ने बहाना हुनसक्छ त ? अथवा भनौं च्याम्पियन्स लिगमा राम्रो गर्ने लोभले बायर्नले अबका दिनमा राम्रो गर्नेछ । कम्तीमा टचेल यस्तै चाहन्छन्, क्लब छाड्दा केही राम्रो भएको हेर्ने ।