इन्डियन प्रिमियर लिग

वेडले आइपिएलको पहिलो खेल गुमाउने

काठमाडौं । अस्ट्रेलियन क्रिकेटर म्याथ्यु वेडले इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेल गुमाउने भएका छन् । ३६ वर्षीय वेड गुजरात टाइटन्समा आवद्ध छन् ।

तास्मानियाबाट सेफिल्ड शिल्डको फाइनल खेल्नु पर्ने भएकाले उनले आइपिइलको पहिलो खेल गुमाउने भएका हुन् । गुजरातले मार्च २५मा मुम्बई इन्डियन्ससँग खेल्दै आइपिएलको सुरुआत गर्नेछ ।  ।

दोस्रो खेलका लागि भने वेड टोलीमा उपस्थित हुनेछन् । गुजरातले आफ्नो दोस्रो खेल मार्च २७मा चेन्नई सुपर किङ्ससँग खेल्ने तालिका छ ।

‘पहिलो खेलमा अनुपस्थित हुने विषयमा वेडले गुजरातलाई जानकारी गराइसकेका छन् । क्लबले पनि उनलाई सेफिल्ड शिल्ड खेल्ने अनुमति दिएको छ,’ तास्मानियाका प्रमुख प्रशिक्षक जेफ भनले भनेका छन् ।