नेपाली फुटबल

महिला फुटबल टोली नगदसहित सम्मानित

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नेपाली राष्ट्रिय महिला टोलीलाई ६ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ।

शुक्रबार रामशाहपथस्थित बैंकको प्रधान कार्यालयमा टोलीलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, महासचिव किरण राई, सदस्य सरिला श्रेष्ठ, पेमा डोल्मा लामा, मनिष जोशीलगायतको उपस्थिति थियो।

नेपाल गत साता साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको थियो ।

फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएको थियो।अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालको यो ११औं हार थियो।