कोन्काकाफ च्याम्पियन्स कप

बराबरीमा रोकिए इन्टर मियामी र न्यासभिल

काठमाडौं । लुइस स्वारेजले अन्तिम समयमा गोल गरेपछि इन्टर मियामीले कोन्काकाफ च्याम्पियन्स कपको अन्तिम १६ को पहिलो लेगमा घरेलु टोली न्यासभिललाई बराबरीमा रोकेको छ ।

जियोडिस पार्कमा शुक्रबार सम्पन्न खेलमा मियामीले दुई गोलले पछि परेको अवस्थाबाट बराबरी गरेको थियो ।

न्यासभिलका जेकब शफेलवर्गले दुवै हाफको सुरुआतमा गोल टोलीलाई २-०को अग्रता दिलाएका थिए । उनले खेलको चौथो र ४६औं मिनेटमा गोल गरेका थिए ।

५२औं मिनेटमा लियोनेल मेसीले खेललाई २-१ को स्थितीमा ल्याए । इन्जुरी समयमा सर्जियो बुस्केट्सको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिँदै लुइस स्वारेजले मियामीलाई हारबाट जोगाए । ।

दोस्रो लेग  बिहीबार इन्टर मियामीको घरेलु मैदानमा हुनेछ ।