त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेदरल्यान्ड्सविरुद्ध नेपालको मध्यम ब्याटिङ सुरुआत

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलात्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध पावर प्ले (सुरुआती ६ ओभर) मा मध्यम ब्याटिङ सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ६ ओभरको समाप्तीमा एक विकेट गुमाउँदै ५५ रन बनाएको छ।

नेपालका लागि आसिफ शेख २९ र कप्तान रोहितकुमार पौडेल ६ बनाएर खेलिरहेका छन् ।

यसअघि कुशल भुर्तेल २० आउट भए । उनलाई टिम भान डेर गुग्टेनले बोल्ड गराए ।