अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृंखला

उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको उपाधिका लागि मंगलबार नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

नेपाल लिग चरणमा चार अंकका दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । पाँच अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेर फाइनल पुग्यो । 

लिग चरणका सुरुआती दुई खेलमा नेपालले नामिबियासँग २० र नेदरल्यान्ड्सँग दुई रनको पराजय ब्यहोरेको थियो । पछिल्ला दुई खेलमा नेपालले नामिबियामा तीन रन तथा नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो ।

नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा ५९ रनले हराउँदा दोस्रो खेल भने वर्षाले रद्द भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच पछिल्लो पाँच मध्य तीन खेलमा नेपालले जित हासिल गरेको छ ।