प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट

काठमाडौं जिल्ला छनोटः क्रिकेट एक्सिलेन्सको सानदार जित

काठमाडौं । प्रधानमन्त्री कप छनोटका लागि काठमाडौं जिल्ला छनोटमा शनिबार क्रिकेट एक्सिलेन्स सेन्टरले जेम्स थन्डसं क्रिकेट क्लबमाथि १ सय ६७ रनको सानदार जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदाना ( तल्लो) मा क्रिकेट एक्सिलेन्सले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याएको जेम्सले १२.४ ओभरमा सबै विकेट गुमाउँदै ३४ रन मात्र बनाउन सक्यो । जेम्सका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

क्रिकेट एक्सिलेन्स सेन्टका लागि मनोज यादवले ४.४ ओभरमा मात्र ११ रन खर्चिदै आठ विकेट लिए । यसैगरी सोनु देवकोटाको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्रिकेट एक्सिलेन्सले निर्धारित २५ ओभरमा पाँच विकेट गुमाउँदै २ सय १ रनको योगफल तयार पारेको थियो । क्रिकेट एक्सिलेन्सका लागि विवेक तामाङले ७८ बलमा सात चौका र तीन छक्काको मद्दतले १ सय रनको योगदान गरे ।

यसैगरी कप्तान रित गौतमले ४६ र रोशन लामाले ३२ रन बनाए ।  विवेटले पहिलो विकेटका लागि रितसँग १ सय र चौथो विकेटका लागि रोशनसँग ९० रनको साझेदारी गरे ।

जेम्सका लागि शीर्षक शर्माले तीन र आक्रिस पौडेलले एक विकेट लिए । शनिबार नै सम्पन्न अर्को खेलमा फरेवर ब्वाइज क्रिकेट क्बलले हिलमयन क्रिकेट एकेडेमीलाई ६ विकेटले हरायो ।