माघ १७, २०८२ शनिबार | १४:०३:४७
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

नेपाल सुपर लिगः ललितपुरलाई हराउँदै काठमाडौं प्लेअफमा

काठमाडौं । पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्दा १० खेलाडीमा झरेको काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ । जितसँगै साविक विजेता काठमाडौं नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौंथो टोली बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौंको जितामा आन्द्रेस नियाले निर्णायक गोल गरे । ललितपुरसँगको जितसँगै काठमाडौं आठ खेलमा १२ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लियो । काठमाडौंले अब इलिमिनेटरमा चौंथो स्थानको ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको ललितपुरले चौंथो स्थानमा रहेर पहिलो चरण टुंग्यायो ।

काठमाडौंको जितसँगै झापा एफसी प्लेअफ समीकरणबाट बाहिरियो । १० अंक जोडेको झापा गोल भिन्नताका आधारमा ललितपुरभन्दा पछाडि रह्यो ।

खेलको २०औं मिनेटमा पापा इबो केबेको सुन्दर क्रस दीनेश हेन्जनसम्म पुग्न नपाउँदै काठमाडौंका अमित तामाङले क्लियर गरिदिए । त्यस्तै ३६औं मिनेटमा कप्तान अनन्त तामाङको फ्रिकिक प्रहार बाहिरिँदा काठमाडौंको खतरा टरेको थियो ।

निर्धारित हाफको दुई मिनेटअघि काठमाडौंले भाग्यको साथ पाएन । करिब २० यार्ड परबाट शोखरुखको फ्रिकिक प्रहार क्रसबारमा लागेर बाहिरिन पुग्यो । यसअघि अमितलाई सनिस श्रेष्ठले फउल गर्दा काठमाडौंले सेटपीस अवसर पाएको थियो ।

इन्जुरी समयमा मार्की खेलाडी हिसुबको सुन्दर क्रसमा नियाले हेडमार्फत बललाई जाली चुमाएका थिए ।

दोस्रो हाफको ११औं मिनेटमा ललितपुरका निखिल कदमको प्रहारले किंगे ओलिभरको खुट्टामा लाग्दै पोस्टको दिशा लिएको थियो । तर, उक्त डिफ्लेक्टेड बल काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले बचाए । ६२औ. मिनेटमाल इमोन एजिकिलको पासमा केबेको लेफ्ट फुटेड प्रहार अन्जलले बचाए ।

खेलको ७५औं मिनेटमा काठमाडौं १० खेलाडीमा झर्न पुग्यो । कदमलाई टाउको जुधाउँदै लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले अमितलाई सोझै रातो कार्ड देखाए ।

१० खेलाडीमा झरेको सात मिनेटपछि काठमाडौंले लगातार दुई खतरा टार्यो । सेसेहाङ आङदाङ्बेको फ्रिकिकमा एजिकिलले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्दा काठमाडौंले राहतको श्वास फेरेको थियो । त्यसको केही सेकेन्ड्समै एजिकिलकै कट्ब्याक केबेसम्म पुग्न नपाउँदै कुल्दीप कार्कीले क्ल्यिर गरिदिए ।
त्यसपछि पनि एकपछि अर्को आक्रमण बुनेको ललितपुरले गोल गर्न नसक्दा बाल गोपाल महर्जनको नेतृत्वमा काठमाडौंले लगातार दोस्रो संस्करण प्लेअफमा स्थान बनाएको हो ।

काठमाडौंले पौष ९ गते इलिमिनेटरमा ललितपुरसँग नै प्रतिस्पर्धा गर्नेछ । त्यसअघि पहिलो क्वालिफायरमा सोमबार शीर्ष स्थानको पोखरा थन्डर्सले दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।