चैत्र ८, २०८२ आइतबार | ०४:०४:५८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेपाल सुपर लिगः ललितपुरलाई हराउँदै काठमाडौं प्लेअफमा

काठमाडौं । पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्दा १० खेलाडीमा झरेको काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ । जितसँगै साविक विजेता काठमाडौं नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौंथो टोली बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौंको जितामा आन्द्रेस नियाले निर्णायक गोल गरे । ललितपुरसँगको जितसँगै काठमाडौं आठ खेलमा १२ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लियो । काठमाडौंले अब इलिमिनेटरमा चौंथो स्थानको ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको ललितपुरले चौंथो स्थानमा रहेर पहिलो चरण टुंग्यायो ।

काठमाडौंको जितसँगै झापा एफसी प्लेअफ समीकरणबाट बाहिरियो । १० अंक जोडेको झापा गोल भिन्नताका आधारमा ललितपुरभन्दा पछाडि रह्यो ।

खेलको २०औं मिनेटमा पापा इबो केबेको सुन्दर क्रस दीनेश हेन्जनसम्म पुग्न नपाउँदै काठमाडौंका अमित तामाङले क्लियर गरिदिए । त्यस्तै ३६औं मिनेटमा कप्तान अनन्त तामाङको फ्रिकिक प्रहार बाहिरिँदा काठमाडौंको खतरा टरेको थियो ।

निर्धारित हाफको दुई मिनेटअघि काठमाडौंले भाग्यको साथ पाएन । करिब २० यार्ड परबाट शोखरुखको फ्रिकिक प्रहार क्रसबारमा लागेर बाहिरिन पुग्यो । यसअघि अमितलाई सनिस श्रेष्ठले फउल गर्दा काठमाडौंले सेटपीस अवसर पाएको थियो ।

इन्जुरी समयमा मार्की खेलाडी हिसुबको सुन्दर क्रसमा नियाले हेडमार्फत बललाई जाली चुमाएका थिए ।

दोस्रो हाफको ११औं मिनेटमा ललितपुरका निखिल कदमको प्रहारले किंगे ओलिभरको खुट्टामा लाग्दै पोस्टको दिशा लिएको थियो । तर, उक्त डिफ्लेक्टेड बल काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले बचाए । ६२औ. मिनेटमाल इमोन एजिकिलको पासमा केबेको लेफ्ट फुटेड प्रहार अन्जलले बचाए ।

खेलको ७५औं मिनेटमा काठमाडौं १० खेलाडीमा झर्न पुग्यो । कदमलाई टाउको जुधाउँदै लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले अमितलाई सोझै रातो कार्ड देखाए ।

१० खेलाडीमा झरेको सात मिनेटपछि काठमाडौंले लगातार दुई खतरा टार्यो । सेसेहाङ आङदाङ्बेको फ्रिकिकमा एजिकिलले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्दा काठमाडौंले राहतको श्वास फेरेको थियो । त्यसको केही सेकेन्ड्समै एजिकिलकै कट्ब्याक केबेसम्म पुग्न नपाउँदै कुल्दीप कार्कीले क्ल्यिर गरिदिए ।
त्यसपछि पनि एकपछि अर्को आक्रमण बुनेको ललितपुरले गोल गर्न नसक्दा बाल गोपाल महर्जनको नेतृत्वमा काठमाडौंले लगातार दोस्रो संस्करण प्लेअफमा स्थान बनाएको हो ।

काठमाडौंले पौष ९ गते इलिमिनेटरमा ललितपुरसँग नै प्रतिस्पर्धा गर्नेछ । त्यसअघि पहिलो क्वालिफायरमा सोमबार शीर्ष स्थानको पोखरा थन्डर्सले दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो