ओलम्पिक

सन् २०२८ को ओलम्पिकमा क्रिकेट पनि समावेश हुने

काठमाडाैं । सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गरिने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले क्रिकेटसहित पाँच खेलका लागि स्वीकृति दिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले क्रिकेटलाई समावेश गराउन प्रस्ताब गरेको थियो ।

अब २०२८ को ओलम्पिकमा महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुनेछ । क्रिकेटसँगै बेसबल तथा सफ्टबल, फ्याग फुटबल, स्क्वास र ल्याक्रोसलाई २०२८ को ओलम्पिकमा समवेश गरिने भएको छ ।

यसअघि सन् १९०० को ओलम्पिकमा क्रिकेट समावेश थियो । ओलम्पिकमा क्रिकेट ट्वान्टी-२० शैलीमा हुनेछ ।