माघ ६, २०८२ मंगलबार | १७:३८:४३
साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने

एसियाली खेलकुदमा रजत विजेता एरिका २ लाख रुपैयाँसहित सम्मानित

काठमाडौं । चीनको हाङझाउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएकी छन् ।

सोमबार एरिकालाई नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवास गोपाल वैद्यले सम्मान गरेका हुन् । एरिकाले सम्मानस्वरुप २ लाख रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् । कराते टोलीको व्यवस्थापक समेत रहेका वैद्यले हाङझाउबाट फर्केपछि एरिकालाई नगद रु. २ लाख रुपैंया दिने वाचा गरेका थिए ।

बागमति प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको उपस्थिति रहेको कार्यक्रममा एरिकासँगै हाङझाउ एसियाली खेलकुदमा  सहभागी सम्पूर्ण कराते खेलाडीलाई सम्मान गरिएको थियो ।

हाङझाउ एसियाली खेलकुदमा एरिकाले कराते इतिहासमै पहिलो रजत पदक जितेकी थिइन् । यसअघि नेपालका लागि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले रजत पदक जितेका थिए ।

एरिकाले आफूलाई गरेको सम्मानले आगामी दिनका लागि हौसला मिलेको प्रतिक्रिया दिइन् । ‘देशका लागि आफ्नो दायित्व पूरा गरेकोमा एकदमै गर्व लागेको छ । वैद्य गुरुको यो एउटा सम्मानले मलाई आगामी दिनका लागि हौसला प्रदान गरेको छ,’ एरिकाले भनिन्, ‘यो मेरो व्यक्तिगत जित मात्र नभएर सम्पूर्ण कराते, साथीहरु र नेपालको जित हो । यो मेरोभन्दा पनि देशको जित हो ।’

त्यस्तै वैद्यले करातेको भविष्यका लागि आफूले सरकार समक्ष आवश्यक पहल गर्ने बताए । ‘एरिकाको जितले नेपालीले पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । आगमी दिनमा विदेशी प्रशिक्षकहरुलाई नेपालमा ल्याउन सरकार समक्ष पहल गर्नेछु,’ नेपाल कराते महासंघका सल्लाहकार समेत रहेका वैद्यले भने ।

 नेपाल कराते महासंघका अध्यक्ष तथा पूर्व राखेप सदस्यसचिव युवराज लामाले एरिकाको जित आफूले एउटा नयाँ सुरुआतका रुपमा लिएको बताए । ‘यो जित मैले एउटा सुरुआतका रुपमा लिएको छु । अब हामीले ढिला गर्नुहुन्न । आजै देखि २०२६ एसियाली खेलकुदका लागि तयारी थाल्नुपर्छ । यसपाली दुई पदकले हाम्रा अराजकता र विसंगतीहरुलाई छोपिदिएको छ । आउने दिनमा यस्तो हुने छैन,’ लामाले भने, ‘छिट्टै हामी उमेर समूहमा देशभरि प्रतिभाको खोजी गर्नेछौँ ।’

प्रदेश सांसद मिनकृष्ण महर्जनले भने देशमा आफ्नै पार्टीको सरकार भएपनि खेलकुद प्राथमिकतामा नपरेको दुखः व्यक्त गरे । ‘आफ्नै पार्टी सरकारमा भएपनि खेलकुद प्राथमिकतामा परेको छैन । आउने दिनमा राजनीतिक क्षेत्रबाट खेलकुद विकासका लागि सक्दो पहल गर्छु,’ राखेप पूर्वकोषाध्यक्ष समेत रहेका महर्जनले भने ।

अन्त्यमा राखेप सदस्यसचिव टंकलाल घिसिङले संविधानको नियमावलीमा उल्लेख गरिएको पुरस्कार रकम एरिकाले छिट्टै पाउने बताए । त्यस्तै घिसिङले खेलकुद विकासका लागि आगमी दिनहरुमा सबै निकायहरु एकजुट भएर लाग्ने बताए ।

ऐतिहासिक रजत विजेता एरिकाले संविधानको नियमावली अनुसार १९ लाख ५० हजार प्राप्त गर्नेछिन् ।

 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate