चैत्र ६, २०८२ शुक्रबार | २०:५८:२६
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

एसियाली खेलकुदमा रजत विजेता एरिका २ लाख रुपैयाँसहित सम्मानित

काठमाडौं । चीनको हाङझाउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएकी छन् ।

सोमबार एरिकालाई नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवास गोपाल वैद्यले सम्मान गरेका हुन् । एरिकाले सम्मानस्वरुप २ लाख रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् । कराते टोलीको व्यवस्थापक समेत रहेका वैद्यले हाङझाउबाट फर्केपछि एरिकालाई नगद रु. २ लाख रुपैंया दिने वाचा गरेका थिए ।

बागमति प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको उपस्थिति रहेको कार्यक्रममा एरिकासँगै हाङझाउ एसियाली खेलकुदमा  सहभागी सम्पूर्ण कराते खेलाडीलाई सम्मान गरिएको थियो ।

हाङझाउ एसियाली खेलकुदमा एरिकाले कराते इतिहासमै पहिलो रजत पदक जितेकी थिइन् । यसअघि नेपालका लागि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले रजत पदक जितेका थिए ।

एरिकाले आफूलाई गरेको सम्मानले आगामी दिनका लागि हौसला मिलेको प्रतिक्रिया दिइन् । ‘देशका लागि आफ्नो दायित्व पूरा गरेकोमा एकदमै गर्व लागेको छ । वैद्य गुरुको यो एउटा सम्मानले मलाई आगामी दिनका लागि हौसला प्रदान गरेको छ,’ एरिकाले भनिन्, ‘यो मेरो व्यक्तिगत जित मात्र नभएर सम्पूर्ण कराते, साथीहरु र नेपालको जित हो । यो मेरोभन्दा पनि देशको जित हो ।’

त्यस्तै वैद्यले करातेको भविष्यका लागि आफूले सरकार समक्ष आवश्यक पहल गर्ने बताए । ‘एरिकाको जितले नेपालीले पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । आगमी दिनमा विदेशी प्रशिक्षकहरुलाई नेपालमा ल्याउन सरकार समक्ष पहल गर्नेछु,’ नेपाल कराते महासंघका सल्लाहकार समेत रहेका वैद्यले भने ।

 नेपाल कराते महासंघका अध्यक्ष तथा पूर्व राखेप सदस्यसचिव युवराज लामाले एरिकाको जित आफूले एउटा नयाँ सुरुआतका रुपमा लिएको बताए । ‘यो जित मैले एउटा सुरुआतका रुपमा लिएको छु । अब हामीले ढिला गर्नुहुन्न । आजै देखि २०२६ एसियाली खेलकुदका लागि तयारी थाल्नुपर्छ । यसपाली दुई पदकले हाम्रा अराजकता र विसंगतीहरुलाई छोपिदिएको छ । आउने दिनमा यस्तो हुने छैन,’ लामाले भने, ‘छिट्टै हामी उमेर समूहमा देशभरि प्रतिभाको खोजी गर्नेछौँ ।’

प्रदेश सांसद मिनकृष्ण महर्जनले भने देशमा आफ्नै पार्टीको सरकार भएपनि खेलकुद प्राथमिकतामा नपरेको दुखः व्यक्त गरे । ‘आफ्नै पार्टी सरकारमा भएपनि खेलकुद प्राथमिकतामा परेको छैन । आउने दिनमा राजनीतिक क्षेत्रबाट खेलकुद विकासका लागि सक्दो पहल गर्छु,’ राखेप पूर्वकोषाध्यक्ष समेत रहेका महर्जनले भने ।

अन्त्यमा राखेप सदस्यसचिव टंकलाल घिसिङले संविधानको नियमावलीमा उल्लेख गरिएको पुरस्कार रकम एरिकाले छिट्टै पाउने बताए । त्यस्तै घिसिङले खेलकुद विकासका लागि आगमी दिनहरुमा सबै निकायहरु एकजुट भएर लाग्ने बताए ।

ऐतिहासिक रजत विजेता एरिकाले संविधानको नियमावली अनुसार १९ लाख ५० हजार प्राप्त गर्नेछिन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो