एसिसी यु-१९ प्रिमियर कप

एसिसी यु-१९ प्रिमियर कपका लागि नेपालको टोली घोषणा

फाइल फाेटाेः यु-१९ क्रिकेट टोलका कप्तान देव खनाल

काठमाडौं । एसिसी यु-१९ प्रिमियर कपका लागि नेपालको टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ ( क्यान) ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।  

प्रतियोगिता अक्टोबर १२ देखी २४ सम्म मलेसियामा हुने प्रतियोगिताको शीर्ष तीन टोलीलले यु-१० एसिया कप खेल्न पाउनेछन् ।

१६ एसोसिएट टोली सहभागी प्रतियोगिताका लागि नेपालले गत फागुनमा सम्पन्न आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोट विजेता टोलीलाई नै निरन्तरता दिएको छ ।

समूह ‘ए’ मा नेपाल, बहराइन, साउदी अरेविया र इरान, समूह बी मा युएई, ओमान, कतार र चीन छन् । यसैगरी समूह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स,  समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।

नेपाली टोलीः देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापा मगर, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, दीपक बोहरा, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, दीपक डुम्रे, दिपेश कँडेल

वैकल्पिक खेलाडीः प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ, राजेश यादव